Trending :
 

सि.जी. इलेक्ट्रोनिक्सले डिलर प्रमुखहरुलाई गरायो दुवई भ्रमण

आश्विन १४,२०८०

-आस्था न्युज

असोज १४, २०८० काठमाडौं ।
सि.जी. इलेक्ट्रोनिक्सले आफ्ना डिलर प्रमुखहरुलाई दुवई भ्रमण गराएको छ ।
 
सि.जी. ले ५ दिनको बैदेशिक भ्रमण गराएको हो ।
 
पोखराका न्यु साउण्ड एण्ड भिजन का प्रोप्राईटर मनहोर श्रेष्ठले सि.जी. इलेक्ट्रोनिक्स प्रति आभार व्यक्त गर्दै यस्ता किसिमका भ्रमणहरुले डिलरहरुको मनोबल उच्च हुने तथा आगामी दिनहरुमा कम्पनीले भ्रमणहरु निरन्तर गरिरहने कुरामा विश्वस्त रहेको जानकारी दिनु भएको छ । 
 
प्रत्येक वर्ष नेपालभरीका डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथ साथै ब्राण्डका प्रवद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
 
परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ सि.जी. इलेक्ट्रोनिक्सले आफ्ना डिलरहरुलाई दुवई भ्रमणमा लगिएको कुरा विज्ञप्तिमा समावेश गरिएको छ ।