Trending :
 

जी २० को सफलता भारत-अमेरिका साझेदारीको सफलता होः जयशङ्कर

आश्विन १४,२०८०

-आस्था न्युज

असोज १४, २०८० काठमाडौं ।
भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले जी २० शिखर सम्मेलनको सफलता सफलता भारत-अमेरिका साझेदारीको सफलता भएको बताउनुभएको छ । 
 
“शिखर सम्मेलनमा  भारत र अमेरिकाको समझदारी, सहयोग, साझेदारी र सहकार्यका साथै साझा दृष्टिकोणको पनि सम्मिश्रण थियो,” शनिबार वासिङ्टन डिसीस्थित इन्डिया हाउसमा ‘कलर्स अफ फ्रेन्डसिप’ कार्यक्रममा भारतीय कुटनीतिज्ञलाई सम्बोधन गर्दै विदेशमन्त्रीले भन्नुभयो-“जी २० शिखर बैठकमा विश्वका नेताहरूलाईं एकै स्थानमा भेला गर्नु चुनौतीपूर्ण थियो तर त्यसमा हामी सफल भयौँ । 
 
अमेरिकी साथ र सहयोगका लागि वासिङ्टनलाई श्रेय दिँदै विदेशमन्त्री जयशङकरले वैश्विक चुनौती सामना गर्न भारत र अमेरिकाले साझेदारी गरिरहेका बताउनुभयो । 
 
गान्धी जयन्तीको पूर्वसन्ध्यामा भएको उक्त कार्यक्रममा उहाँले महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जी २० का सन्देश पनि गान्धीका सिद्धान्तकै सेरोफेरोमा रहेका बताउनुभयो । ‘संसारलाई साझा घर मान्ने र यसका बासिन्दालाई आफ्नै परिवार ठान्ने’ प्राचीन परम्पराप्रति उहाँको लगाव रहेको विदेशमन्त्रीले उल्लेख गर्नुभयो ।