Trending :
 

भेटी चढाएका भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस बन्दैन्ः नेता केसी

आश्विन १४,२०८०

-आस्था न्युज

असोज १४, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भेटी चढाएको भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस पार्टी नसुध्रने बताएका छन् । 
 
आइतबार काठमाडौंमा आयोजित कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले  संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै भेटी चढाएर भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस पार्टी सोचेको जस्तो नबन्ने बताए । 
 
उनले भने, ‘संविधानमा पनि ठुलो परिवर्तनको आवश्यकता रहेको छ। जबसम्म संविधानमा समानुपतिक भन्ने आफ्ना परिक्रमा गरेर वरपर दौडिने र भेटी चढाएको भरमा नियुक्ति गर्ने प्रथा हुन्छ त्यति बेलासम्म कांग्रेस बन्दैन। या समानुपातिकलाई निर्वाचन प्रणालीमा लैजाऔ या त राष्ट्रियसभामा लैजाऔं ।’
 
उनले रुपान्तरण अभियानले जोड्ने काम गरौं, तोड्ने हैन् भन्ने सन्देश सबैलाई दिन आवश्यक रहेको बताए । 
 
अहिले कांग्रेसलाई भ्रष्टाचारहरुको संरक्षक भएको आरोप लागिरहेकोले त्यसलाई चिर्न आवश्यक रहेको उनले बताए ।