Trending :
 

बागमती प्रदेशसभा बैठक बस्दै

आश्विन १५,२०८०

-आस्था न्युज

असोज १५, २०८० काठमाडौं ।
बागमती प्रदेशसभा बैठक आज बस्दैछ । 
 
बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्ने भएको हो । 
 
हिजोको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।
 
संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सरू गरिएको छ ।
 
सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहनेछ ।