Trending :
 

यस्तो छ ‘आइएमई पे डिजिटल दसैँ तिहार’ अफर

आश्विन १५,२०८०

-आस्था न्युज

असोज १५, २०८० काठमाडौं ।
नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे ले’ ‘आइएमई पे डिजिटल दसैँ तिहार’ अफर ल्याएको छ । 
 
कम्पनीका अनुसार नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यो अफर ल्याइएको हो । असोज १४ गतेदेखि सुरु भएको अफर मंसिर ३ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ ।
 
उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न कारोबारको लागि क्यास ब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् । 
 
त्यस्तै, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफ स्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् । 
 
अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको सपिङ गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नेछन् ।