Trending :
 

सप्तरीबाट ८ लाख मूल्य बराबरका १ सय थान वाकिटकी बरामद

आश्विन १५,२०८०

-आस्था न्युज

असोज १५, २०८० काठमाडौं ।
शस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ ।
 
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका-२ मोहनपुरबाट भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो ।
 
प्रहरीका अनुसार सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए । 
 
बरामद रेडियो सेट आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ ।