Trending :
 

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते

आश्विन १५,२०८०

-आस्था न्युज

असोज १५, २०८० काठमाडौं ।
दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।
 
पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज सोमवार बिहान दुर्घटनामा परेको हो ।
 
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
 
बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको उनले बताए ।
 
 
घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ ।
 
बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।