Trending :
 

आज विश्व अहिंसा दिवस मनाइँदै

आश्विन १५,२०८०

-आस्था न्युज

असोज १५ ,२०८० काठमाडौं ।
आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका नेता महात्मा गान्धीको जन्मदिनको रुपमा पनि आजको दिनलाई मनाइन्छ । 
 
गान्धीको विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्वभरि पैरवी गरिन्छ ।
 
सन् २००७ मा संयुक्त राष्ट्र सङ्घले सुरु गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा मोहनदास करमचन्द गान्धी अर्थात् विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई अनुकरण गर्ने दिन पनि मानिन्छ ।