Trending :
 

सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घट्यो

आश्विन १५,२०८०

-आस्था न्युज

असोज १५ ,२०८० काठमाडौं ।
नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ छ दिनमा प्रतितोला चार हजार तीन सय रुपैयाँले घटेको छ। 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।  
 
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार प्रति तोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ४० रुपैयाँमा  खरिदबिक्री भइरहेको छ।