नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बित
-आस्था न्युज
असोज १५, २०८० काठमाडौं ।
नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुद्दा दायर भएपछि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई निलम्बन गरिएको छ । नेपाल टेलिकमले विज्ञप्ती जारी गर्दै निर्देशक पौडेललाई निलम्बन गरेको जनाएको हो
भ्रष्टाचार प्रकरणमा नेपाल सरकारका सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा मरासिनीसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा ६ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर २५ करोडमा खरिद गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तबरले हानीनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको उजुरीको आधारमा उनीहरुलाई भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।
मुद्दामा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।