Trending :
 

राजा र राजसंस्था स्थापनाका लागि काठमाडौं जनप्रर्दशन हुने

आश्विन १५,२०८०

-आस्था न्युज

असोज १५, २०८० काठमाडौं ।
शाही युवा शक्ति नेपालले, राजा र राजसंस्था स्थापनाका लागि जनप्रर्दशन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, आगामी असोज २० गते रत्नपार्कदेखि नारायणहिटीसम्म विशाल प्रदर्शन गर्ने घोषणा गरेको हो ।
 
उक्त प्रदर्शनमा स्वतस्फूर्त अनिवार्य सहभागी भइदिन आम जनतासँग अपील गरिएको छ । 
 
शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनता अब राजाको पक्षमा खुल्न थालेको बताए । राजा ल्याएरै छाड्ने जनताको अठोट रहेको उनको भनाई छ । 
 
राजसंस्था चाहियो भनेर एक लाखमात्रै जनता सडकमा आउने हो भने ज्ञानेन्द्रलाई पुनः राजा बनाउन सकिने उनको दाबी छ । विदेशीको इसारामा गणतन्त्रवादीहरुले राजसंस्था फालेको आरोप उनले लगाए। 
 
‘रामकुमारी झाँक्री मन्त्री पद छोड्दा क्वाँक्वाँ रोईन् । यिनीहरुलाई पद र पैसा प्यारो छ । यिनीहरुको पछाडि लागेर हामीले गणतन्त्र घिसार्ने काम नगरौं ।’ उनले भने,‘जनतालाई नसोधी चोर बाटोबाट ल्याइएको गणतन्त्र हो ।
 
मरेको गणतन्त्र घोषणा गरिएको हो यो । यो गणतन्त्रको सिनो गनाइसक्यो । यो सिनोको चाँडो दाहसंस्कार गर्न आवश्यक छ ।’ 
उनले नारायणहिटीमा राखिएको श्रीपेच खोस्नु पर्ने समेत बताए ।