Trending :
 

प्रधानमन्त्री दाहाल र एमसीसीकी सीइओबीच भेटवार्ता

आश्विन १६,२०८०

-

असोज १६, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ । 
 
मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न अल्ब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।
 
दुईजनाबीच नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयाम र एमसीसी परियोजनाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ । 
 
एमसीसी परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अल्ब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको हो ।