Trending :
 

गठबन्धन सरकारले कोशीमा स्वार्थका लागि संविधानलाई ‘प्यारालाइज’ गरेको ओलीको आरोप

आश्विन १६,२०८०

-आस्था न्युज

असोज १६, २०८० काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले कोशी प्रदेशमा सरकार निर्माणको क्रममा आफ्नो स्वार्थ पूर्ति गर्न संविधानलाई ‘प्यारालाइज’ गरेको बताएका छन् । 
 
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कोशी प्रदेशमा गठबन्धन सरकारले गरेको कामले त्यसलाई प्रस्ट पारेको समेत उल्लेख गरे । 
 
उनले भने, ‘कोशी प्रदेश सरकार गठनको क्रममा प्रदेश सभामा देखिएका संविधान विरुद्धका ज्यादतिहरु र त्यसमा प्रधानमन्त्री र गठबन्धनले नेपथ्यबाट दिएका निर्देशन हेर्दा यो गठबन्धन सरकार आफ्नो स्वार्थका लागि संविधानलाई प्यारालाइज गर्न किञ्चित पछि नपर्ने स्पष्ट भएको छ ।’
 
उनले कोशीमा गठबन्धनको बलमिच्याइँ पुष्टि भएको समेत उल्लेख गरे । 
 
‘कोशीमा बलमिच्याइँ गरिएको छ । गठबन्धनले केन्द्रबाट आदेश लादेको छ । प्रदेश प्रमुखलाई निरीह बनाएको छ । त्यहाँका सभामुखलाई राजीनामा दिन बाध्य बनाएको छ । राजीनामा दिएबापत सभामुख फेरि दलको कठपुतली हुन मञ्जुर हुनुपर्ने अवस्थामा पुर्याइएको छ,’ ओलीले भने ।