Trending :
 

महँगी नियन्त्रणमा ध्यान दिन सरकारलाई सांसदहरुको आग्रह

आश्विन १६,२०८०

-आस्था न्युज

असोज १६, २०८० काठमाडौं ।
कांग्रेस सांसद अर्जुन नरसिंह केसीले सरकारलाई महँगी नियन्त्रण गर्न गम्भीर भएर लाग्न तथा राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् । 
 
मंगलबार प्रतिनिधि सभा बैठकमा चाडपर्वको समयमा महंगी आकासिएको र कालोबजारी बढेकोमा सरकारको ध्यानाकर्षण गराउँदै उनले राहत कार्यक्रम ल्याउनुपर्ने माग गरे । 
 
उनले भने, ‘साना तथा मझौला उद्योग बन्द भएका छन् । औद्योगीक क्षेत्र हतोत्साहि छ । आर्थिक मन्दी र बेरोजगारीबाट नेपाली जनता निरास भएको बेला कालोबजारीको जगजगी छ । पश्चिम नेपालमा खाद्यान्नको अभाव सुनिएको छ ।महंगि आकासिएको छ ।चाडपर्वको अवस्थामा यो किसिमको स्थिति जुन छ त्यतातिर सरकार के हेरेर बसेको छ ? गम्भीरतापूर्वक राहत कार्यक्रम ल्याओस् ।’ 
 
कांग्रेसकै अर्का सांसद उदय समशेर जवराले दशै तिहारमा हुने कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । 
 
उनले तीन महिनामा महङगी अत्यन्तै बढेको भन्दै दशै तिहार चाडपर्वमा हुने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमनका लागि सरकारलाई आग्रह गरेका हुन् ।