Trending :
 

सरकारी सिफारिसमा अपराधीले छुट पाउँने भए न्यायपालिका किन चाहियो ?: केसी

आश्विन १६,२०८०

-आस्था न्युज

असोज १६, २०८० काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सरकारले सिफारिस गर्दैमा ज्यानमारा र अपराधीले छुट पाउँने हो भने न्यायपालिका किन चाहियो भन्दै प्रश्न गरेका छन् । 
 
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ताधारीहरुको फौजदारी मुद्दा लागेको अपराधीहरुलाई राष्ट्रपतिले मिनाह दिनु गलत भएको भन्दै सरकारले सिफारिस गरेर ज्यान मारा र अपराधीले छुट पाउँने हो भने न्यायपालिका किन चाहियो भन्दै प्रश्न गरे ।  
 
उनले भने, ‘राष्ट्रपति बाट गणतन्त्र दिवसको अवसरमा ,संविधान दिवसको अवसरमा फैजदारी मुद्दा लागेको अपराधीहरुलाई जुन मिनाह दिने काम भयो यो अत्यन्तै गलत काम छ । यो राजनीतिक पार्टीहरुको सत्ताधारीहरुको सिफारीसमा जे आउछ त्यो मान्नुपर्छ भन्ने छैन् ।यदि सरकाले सिफारिस गरेर हरेक ज्यान मारा र अपराधीले छुट पाउँने हो भने न्याय पालिका किन चाहियो ?।’