Trending :
 

विनिमय दरः घट्यो पाउण्ड र युरोको मूल्य, अरुको के छ ?

आश्विन १७,२०८०

-आस्था न्युज

असोज १७, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
 
जसअनुसार आज युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसामा झरेको छ । मंगलबारको तुलनामा पाउण्डको मूल्य घटेको छ । हिजो पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १२ पैसा र बिक्री दर १६१ रुपैयाँ ८६ पैसा तोकिएको थियो ।  
 
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३  पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७९पैसा  र  बिक्री दर ९७ रुपैयाँ २३ पैसा रहेको छ ।