Trending :
 

बझाङ भूकम्पमा परेर घाइते भएकामध्ये ११ जना उपचारपछि घर फर्किए

३१ वटा घर भत्किएको र राहतको माग नआएको जानकारी :

आश्विन १७,२०८०

-आस्था न्युज

असोज १७, २०८० काठमाडौं । 
बझाङ भूकम्पमा परेर घाइते भएकामध्ये ११ जना उपचारपछि घर फर्किएका छन् । दुईजनाको उपचार भइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । 
 
३१ वटा घर भत्किएको भन्नेबाहेक राति थप विवरण नआएको उनको भनाई छ । सम्भवत थप घटना नभएर होला । गम्भीर प्रकृतिका घटना भएको भए सायद विवरण आउँथ्यो होला,” प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, “अबरुद्ध सडक हिजै साँझ सञ्चालनमा आइसकेको छ ।” 
 
उनका अनुसार ४० वटा टेन्ट वितरण गरिएको छ । खुला तथा सार्वजनिक स्थानमा उक्त टेन्ट टाँगिएको र स्थानीय त्यसमा बसिरहेका छन् । 
 
“टेन्टको माग भएकाले हामीले हिजै वितरण गर्‍यौं । राहत वितरणका लागि कसैबाट अहिलेसम्म माग भएको छैन,” उनले भने ।