Trending :
 

भारतको टिस्टा नदीमा बाढी आउदा सेनाका २३ जवान बेपत्ता, नजीवन नराम्ररी प्रभावित

आश्विन १७,२०८०

-आस्था न्युज

असोज १७, २०८० काठमाडौं । 
भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित तुल्याएको छ ।
 
भारतीय सञ्चारमाध्यमका टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको जनाइएको छ ।
 
बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा पानीको जलस्तर बढेको सञ्चारमाध्यमहरुले जनाएका छन् । अचानक आएको बाढीले सेनाको एउटा सवारी साधन डुबाउनुका साथै २३ जवान बेपत्ता भएको जनाइएको छ ।
 
जलपाइगुडी प्रशासनले टिस्टा नदीमा आएको बाढीलाई मध्यनजर गर्दै तल्लो भेगका तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ ।
 
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ्ग बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् ।