Trending :
 

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसी नियुक्त

आश्विन १७,२०८०

-आस्था न्युज

असोज १७, २०८० काठमाडौं ।
सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसीलाई नियुक्त गरेको छ । 
 
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अर्को व्यवस्था नभएसम्म कोषको सञ्चालक परिषद सदस्य सचिवमा नियुक्त गरेको जानकारी सरकारकी प्रवक्ता रेखा शर्माले दिइन । 
 
केसीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रस्तावमा अर्को व्यवस्था नभएसम्म सदस्य सचिवको जिम्मेवारी दिइएको हो । 
 
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले जलहरी प्रकरणमा सदस्य सचिव मिलन कुमार थापामाथि भ्रष्टाचार मुद्दा लगाएपछि उनी निलम्वित भएका छन् । थापा निलम्बित भएपछि सदस्य सचिवको पद रिक्त बनेको थियो ।