सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना लागु
-आस्था न्युज
असोज १७, २०८० काठमाडौं ।
सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने छ ।
यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु २००, विजुलीको बिर्ल तिर्दा २५ वा अधिकतम रु २५ र इन्र्टनेटको तिर्दा २५ वा अधिकतम रु ५० सम्मको क्यासब्याक को व्यवस्था गरेको छ ।
मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने छ ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।