Trending :
 

बझाङ भूकम्प प्रभावितको बसोबास, राहत र उद्दारमा लाग्न सरकारलाई आग्रह

आश्विन १७,२०८०

-आस्था न्युज

असोज १७, २०८० काठमाडौं ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले बझाङ भूकम्प प्रभावितलाई सुरक्षीत स्थानान्तरण,बसोबास,राहत र युद्धस्तरमा उद्धारका कार्यमा सक्रियताका साथ लाग्न सरकालाई आग्रह गरेको छ ।
  
कांग्रेस सभापति शेरबहादुर देउवाले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दार र राहतका लागि युद्धस्तरमा लाग्न आग्रह गरेका हुन्  ।  
 
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘ युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी, भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियतासाथ लाग्न सरकारसँग सभापतिले आग्रह गर्नु भएको छ ।’
 
देउवाले कांग्रेस स्थानीय पार्टी पंक्तिलाई समेत सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न आग्रह गरेका छन् । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको आधा घण्टा नपुग्दै ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । ति दुई भूकम्पपछि ४ म्याग्निच्युडभन्दा माथिका १२ वटा र ३  म्याग्निच्युड आसपासका झन्डै १०० परकम्प गैसकेको छ । 
 
भूकम्पपछिको पहिरोमा परी एक जनाको ज्यान गएको छ भने बझाङमा मात्रै १६ जना घाइते भएका छन् ।