Trending :
 

मकै प्रशोधन मिलमा निसास्सिएर ७ जनाको मृत्यु

आश्विन १७,२०८०

-आस्था न्युज

असोज १७, २०८० काठमाडौं ।
उत्तरी चीनको साङ्सी प्रान्तस्थित जिनपिङ गाउँको वुटाई काउन्टीमा मङ्गलबार एक मकै प्रशोधन मिलमा निसास्सिएर सात जनाको मृत्यु भएको छ । 
 
प्रारम्भिक अनुसन्धानका क्रममा कार्बनमोनोक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 
 
मङ्गलबार साँझ सान थरका उक व्यक्ति कारखानाको फिडिङ पिटमा पसे लगत्तै उक्त घटना भएको थियो । उक्त मिलमा यस वर्षको सुरुदेखि नै उत्पादन भएको छैन । 
 
त्यसपछि उद्धार प्रयासमा छ जना उक्त पिटमा पसेका थिए र उनीहरू सबै विषाक्त भएको अनुमान गरिएको छ । पछि अग्निनियन्त्रक र उद्धारकर्मीहरूले तिनीहरूलाई उक्त मिलबाट बाहिर निकालेर अस्पताल पुर्याएका थिए तर उनीहरूको मृत्यु भइसकेको थियो । रासस