Trending :
 

राष्ट्रियसभा बैठक पनि बस्दै

आश्विन १८,२०८०

-आस्था न्युज

असोज १८, २०८० काठमाडौं ।

संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । 

बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । 
 
आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।
 
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे पनि जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८०’ सभामा पेस गर्ने कार्यसूची रहेको छ ।