Trending :
 

काठमाडौंबाट साउदी उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फर्कियो

आश्विन १८,२०८०

-आस्था न्युज

असोज १८, २०८० काठमाडौं ।
काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।
 
बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।
 
उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
 
जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको जनाइएको छ ।
 
उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी र यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।