Trending :
 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्दै

आश्विन १८,२०८०

-आस्था न्युज

असोज १८, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् । 
 
मंगलबार बझाङमा गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न आज प्रधानमन्त्री दाहालले बैठक बोलाएका हुन् । 
 
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्राधिकरणको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनस्र्थापनालगायतका विषयमा छलफल हुनेछ । 
 
सुदूरपश्चिम प्रहरी कार्यालय, सञ्चार शाखाका अनुसार भूकम्पका कारण बझाङ, अछाम र बाजुरामा गरी २७ जना घाइते भएका छन् । भूकम्पले सबैभन्दा धेरै क्षति बझाङमा पुर्याएको छ । बझाङमा एक महिलाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।