मुक्तिनाथ कृषि कम्पनीले कात्तिकदेखि आईपीओ निष्कास गर्ने
-आस्था न्युज
असोज १८, २०८० काठमाडौं ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० कात्तिकदेखि प्राथमिक सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
कम्पनीले पहिलो चरणमा सार्वजनिक निष्कासन गर्ने स्वीकृति पाएको सेयरको १० प्रतिशतले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको एक लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।