आर्थिक प्रसङ्ग :
कार्तिक २७,२०७४
-
२७ कार्तिक,काठमाडौं-
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले बाँकेको नेपालगञ्जमा शाखा कार्यालय खोलेको छ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवा विस्तार गर्ने क्रममा आफ्नो १५ औं सेवा केन्द्रको रुपमा नेपालगञ्जमा क्षेत्रिय कार्यालय संचालन गरेको हो।
यस क्षेत्रिय कार्यालय संचालन पश्चात आसपासका विभिन्न जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका जनमानसमा वीमाको साक्षरता तथा पहुँच अभिवृद्धी गर्नमा सहयोगि हुनेमा कम्पनीले विश्वास लिएको छ।
यस कम्पनीको प्रवर्द्धकमा र्व्यक्ति तथा संस्था गरी ४२ जना रहेका छन्।
अधिकृत पुँजी रु. ३ अर्व, जारी पुँजी रु. २.२० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.५४ अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.६६ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्ता पुँजी रु. २.२० अर्ब पुर्याउने लक्ष्य लिएको छ।
प्रमुख समाचार