Trending :
 

देशमा विनासकारी षड्यन्त्रको बादल मडारिएको सांसद चौधरीको भनाई

आश्विन १८,२०८०

-आस्था न्युज

असोज १८, २०८० काठमाडौं । 
सांसद तेजुलाल चौधरीले, नेपालमा विनासकारी षड्यन्त्रको कालो बादल मडारिईरहेको दाबी गरेका छन् । 
 
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उनले विभिन्न बहानामा नेपालको धार्मिक तथा संस्कृति सद्भाव भत्काउने षड्यन्त्र भइरहेको उनको भनाई छ । 
 
‘हाम्रो देशको शान्ति र अमनचयन डगमगाएर थर थर काम्दै छन् ।  अपराधिका तरवार , संविधान र कानुनको बुई चढेर जनताको घाँटी काट्दै छन् । भ्रष्टचार महंगी र कालो बजारी दलालहरुको बखान गरेर साध्य नै छैन् । ’ उनले भने । 
 
उनले भने के अब हाम्रो देश हिंसा भड्काउने काटमार मचाउने, युवा बेच्ने,  नेता बाँच्ने देश बन्दै गएको हो ?