Trending :
 

कानूनको छिद्र प्रयोग गरी गम्भीर अपराधीलाई माफीः सांसद थापा

आश्विन १८,२०८०

-आस्था न्युज

असोज १८ ,२०८० काठमाडौं ।
नेपाली कांग्रेसका सांसद गगन थापाले कानूनको छिद्र प्रयोग गरी गम्भीर अपराधमा संलग्न रहेको ठहर भएकालाई माफी मिनाहा गरिएको बताएका छन् ।
 
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बदनियतसाथ गरिएका यस्ता कुराको विरोध गर्ने बताए ।
 
संविधान दिवसको दिन ६७० जनालाई माफी मिनाहा गरिएको उल्लेख गर्दै उनले त्यसमध्ये कतिपय संविधानसम्मत् र कानून सम्मत् भए पनि संविधानको मर्मविपरीत कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराध ठहर गरिकालाई कैद माफी मिनाह गरिएको बताए ।
 
उनले भने, ‘बदनियतका साथ भएको यो निर्णय गलत छ । यसको विरोध हुन्छ र हामी गर्छौ ।’
 
यो विषय अदालतको ढोकासम्म पुगेर आफूहरुलाई गिज्याइरहेको र अदालतमाथि पनि प्रश्न खडा भएको उनको भनाई छ ।