Trending :
 

सरकारले प्राधिकरण नै गठन गरेर युवालाई तालिम दिने प्रक्रिया अगाडि बढाएको छ : अर्थमन्त्री महत

आश्विन १८,२०८०

-आस्था न्युज

असोज १८ ,२०८० काठमाडौं ।
अर्थमन्त्री प्रकाश शरण महतले, देश भित्रै रोजगारी सिर्जना गर्ने विषयमा सरकारले आवश्यक प्रयास गरिरहेको हो बताएका छन् । 
 
सिपमूलक तालिमका संभावना र योजना विषयक नीतिगत छलफल कार्यक्रममा उनले, ‘कसरी रोजगार सुनिश्चित गर्ने भन्ने किसिमबाट अहिलेको आवश्यकता, माग र प्रविधिहरुलाई मध्य नजर गर्दै योजना बनाउँनु पर्ने हुन्छ । त्यसका लागि सरकारले काम गरिरहेको छ । ’
 
रोजगारमूलक तालिमलाई प्रभावकारी बनाउन नीतिगत समस्या भए त्यसलाई सुधार्न सरकार तयार रहेको उनले बताएका छन् ।
 
‘यो किसिमको रोजगारमूलक तालिमलाई यो महासंघ, सरकारी निकाय मार्फत प्रायोजित गर्ने, यसमा नीतिगत रुपमा कहाँ कमि कमजोरी छ, त्यसलाई ध्यान दिनु हुनेछ भन्ने लागेको छ ।’ उनले भने ‘विदेशमा जाने युवाहरुलाई मध्यनजर राखेर श्रम मन्त्रालयले पनि एउटा छुट्टै प्राधिकरण जस्तै गठन गरेर तालिम दिने प्रक्रिया अगाडि बढाएको अवस्था छ ।’
 
अहिलेको माग र आवश्यकतालाई ख्याल गर्दै अघि बढ्न सबै पक्षले हातेमालो गर्नु पर्ने उनको भनाई छ ।