Trending :
 

कराँतेको पहिलो दिन नेपालका ३ खेलाडी प्रतिस्पर्धाबाट बाहिरिए

आश्विन १८,२०८०

-आस्था न्युज

असोज १८ ,२०८० काठमाडौं ।
एसियन गेम्स् अन्तरगत कराँतेको पहिलो दिन प्रतिश्पर्धामा उत्रिएका नेपालका तीनै जना खेलाडि पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएका छन् । 
 
लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए । काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५-० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २-० ले चुके ।
 
एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे ।