Trending :
 

नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्नेमा जोड

आश्विन १८,२०८०

-आस्था न्युज

असोज १८, २०८० काठमाडौं । 
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा मुलुकको विकास निर्माणका लागि ठोस उपलब्धि नभएको टिप्पणी गर्नुभएको छ ।
 
प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा उहाँले चीनको बेल्ट एण्ड इनिसिएटिभ (बिआरआई) परियोजनाबाट नेपालले विकास पूर्वाधारमा लाभ लिन सक्ने मौका गुमेको आरोप लगाउनुभयो ।
 
नेपालले दुई ठूला छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्ने उहाँको भनाइ थियो । सरकारले चीनसँग यसअघि भएका सहमति पनि कार्यान्वयन गर्न नसकेको सांसद पन्तले उल्लेख गर्नुभयो ।