उपत्यकामा ७२१ जनामा डेंगु सङ्क्रमण, कात्तिक मसान्तसम्म उच्च जोखिम

आश्विन १८,२०८०

-आस्था न्युज

असोज १८, २०८० काठमाडौं । 
पछिल्लो १२ दिनको अवधिमा काठमाडौँमा ६०० जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । अहिलेको समयदेखि कात्तिक मसान्तसम्म काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमणको उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
 
काठमाडौँमा १२ दिनअघि १२१ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई साता नपुग्दै ६ सय जना थपिएर सङ्क्रमित ७२१ पुगेका छन् । विगतका भन्दा सङ्क्रमण दर क्रमशः कम हुँदै गए पनि उपत्यकामा उच्च जोखिम भने कायमै रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाई छ । 
 
काठमाडौँका अन्य ठाउँको तुलनामा कालिमाटी, कलङ्की एरियाबाट डेंगुका बिरामी टेकु अस्पतालमा उपचारका लागि बढी आइरहेको पनि उनले जानकारी दिए ।