Trending :
 

एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी

आश्विन १९,२०८०

-आस्था न्युज

असोज १९, २०८० काठमाडौं ।
नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् ।
 
बिहीबार भएको मतदानमा मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी  प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् ।  नवराजले  ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो । 
  
त्यस्तै उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् भने, गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।
 
सचिवमा नवराजपक्षीय धनञ्जय दवाडी ५२० मतसहित विजयी भए। कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आएको थियो । 
 
त्यस्तै उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याएका थिए । 
 
उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।