Trending :
 

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङ जाँदै

आश्विन १९,२०८०

-आस्था न्युज

असोज १९, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बझाङ जाँदैछन् । 
 
प्रधानमन्त्री दाहाल बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
 
उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तरक्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।
 
प्रधानमन्त्री दाहालले भूकम्पबाट प्रभावित प्रतिनिधिमूलक ठाउँहरू अवलोकन समेत गर्ने छन् । 
 
बझाङको चैनपुर केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।