Trending :
 

आज सुनचाँदीको मूल्य स्थिर

आश्विन १९,२०८०

-आस्था न्युज

असोज १८ ,२०८० काठमाडौं ।
शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम रहेको छ ।
 
यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
 
चाँदीको मूल्य पनि आज प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।