Trending :
 

नेपालका टिकटक स्टार आयुषले गरे पाकिस्तानी टिकटकर जमालीसँग इन्गेजमेन्ट

आश्विन १९,२०८०

-आस्था न्युज

असोज १९, २०८० काठमाडौं । 
चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरीले शुक्रबार दुबईमा प्रेमिका तथा पाकिस्तानी टिकटकर अलिजेह जमालीसँग इन्गेजमेन्ट गरेका छन् । यी दुई पछिल्लो समय ‘टक अफ द टाउन’ बनिरहेका छन् ।
 
आयुष र जमालीले आ(आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टबारे जानकारी दिएका छन् । एकअर्काले औंठी लगाइदिएको दृश्य भिडियोमा देख्न सकिन्छ । जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेको देख्न सकिन्छ ।
 
नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका हुन् । पछिल्लो समय यी दुबैजना दुबईमा बस्दै आएका छन् । केही समयदेखि यी दुई प्रेम सम्बन्धमा थिए । बुर्काले अनुहार छोपेर लाइभमा आउने जमालीलाई टिकटकमा १५ लाखले फलो गरेका छन् ।
 
झण्डै ८ लाख फलोअर्स भएका आयुष टिकटक लाइभमा बसेर डलर कमाउने मध्ये पर्छन् । आयुषलाई भेट्नैको लागि केही समयअघि जमाली तीनजना अंगरक्षकसहित दुबईबाट नेपाल आएकी थिइन् । जमालीलाई स्वागत गर्न आयुष बुके बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
 
नेपाल आउँदा आयुष र जमालीले विभिन्न पर्यटकीय स्थलको घुमघाम समेत गरेका थिए ।