Trending :
 

नाडा र हाम्रो बजारको सहकार्यमा नाडा अनलाईन अटो शो हुने

आश्विन १९,२०८०

-आस्था न्युज

असोज १९, २०८० काठमाडौं । 
नाडा अनलाईन अटो शो हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र हाम्रो बजार डटकमबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
 
नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा नाडाको सचिवालय टेकुमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।
 
उक्त संम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाण्डौको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरुबारे नाडा हाम्रो बजार डटकममार्फत दैनिक रुपमा प्रसारण गर्नेछ ।
 
उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा.धुर्ब थापा तथा हाम्रो बजार डटकमका तर्फबाटका बजार प्रवन्धक सागर केसीले हस्ताक्षर गरेका थिए ।