विमानस्थल भन्सारले जारी गर्यो विदेशबाट आउँदा ल्याउन नपाउने सामग्रीको सुची
-आस्था न्युज
असोज १९, २०८० काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने नेपाली नागरिकलाई विभिन्न सामान नल्याउन अनुरोध गर्दै सूचना जारी गरेको छ।
कार्यालयले विदेशबाट आउने यात्रु तथा विदेशमा बस्ने नेपाली नागरिकले इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर, पानी तान्ने मेसिनलगायतका सामान नल्याउन अनुरोध गरेको हो।
यसअघि यात्रु तथा विदेशमा बस्ने नेपाली नागरिकहरूले आफूसँगै यस्ता सामान तथा कार्गोमार्फत् परिवारलाई पठाउने गरेको भन्दै अब यस्ता सामानहरू नल्याउनरनपठाउन अनुरोध गरेको हो।
यस्ता सामानहरू ुएक्सरे मेसिनुमा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था देखिएको भन्दै कार्यालयले सूचनामार्फत यस्तो अनुरोध गरेको हो।