Trending :
 

मौसम: कोशी, बागमती र गण्डकीमा सामान्य बदली, बाँकीमा सामान्यतया सफा

आश्विन २०,२०८०

-आस्था न्युज

असोज २०, २०८० काठमाडौं ।
नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको हुदाँ कोशी, बागमती र गण्डकी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
 
यस्तै, कोशी, बागमती र  गण्डकी प्रदेशका एकदुई स्थानमा भने हल्का वर्षा भइरहेको छ ।
 
आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशमासामान्य बदली रही बाँकी प्रदेशमा सामान्यतया मौसम सफा रहनेछ भने कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
 
राती पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।