पुस्तक समीक्षाः सङ्घर्षले खारिएका थपलियाका ‘जीवन उपयोगी विचारहरु
-आस्था न्युज
असोज २०, २०८० काठमाडौं ।
मान्छेका सुख, दुःख, माया, घृणा सबै व्यवहारको कसीमा जाँचिएका हुन्छन् । बौद्धिकरुपमा सक्षम र वैचारिकरुपमा सशक्त हुने तर व्यवहारमा राम्रो नहुने मानिसले समाजलाई केही दिन सक्दैनन् । मानव मस्तिष्कमा परिस्थिति, समय, अवस्था, घटना, व्यवहारले कालजयी भनाइ प्रकट हुन्छन् । यस्तै–यस्तै विचार र भावनाले वरिष्ठ पत्रकार एवं लेखक गोपालप्रसाद थपलियाका मनभित्र भावना उकुसमुकुस हुने गर्दछन् । विचार र भावनाका तिनै उच्छवासलाई समेटेर उहाँले हालै ‘जीवन उपयोगी’ पुस्तक प्रकाशनमा ल्याउनुभएको छ ।
“व्यवहारतः परीक्षण भएर बनेका भनाइ, नीति, सिद्धान्त र विचार बन्दछन् । मानव हितमा नभएका भनाइ जति राम्रा भए पनि ती काम लाग्दैनन्” भन्ने विचार राख्नुहुने वरिष्ठ पत्रकार थपलिया पछिल्लो समय साहित्यका विविध विधामा लेखन र प्रकाशनमा व्यस्त हुनुहुन्छ ।
राजनीतिज्ञका साथै प्रेस स्वतन्त्र सेनानी र नेपाली पत्रकारिता जगत्का भीष्मपितामह मानिनुहुने छलफल साप्ताहिकका संस्थापक प्रधानसम्पादक थपलियाका यसअघि सत्ताको मान्छे ९कविता सङ्ग्रह०, नायकको खोजी ९कथासङ्ग्रह०, गीतसङ्ग्रह प्रकाशन भइसकेको छ ।
दक्षिण एसियाली स्वतन्त्र पत्रकार सङ्घ ९साफ्मा० नेपाल च्याप्टरका संस्थापक अध्यक्ष थपलियाले पञ्चायतकालमा मिसन पत्रकारिताका गरेकै कारण जेल, नेल र अनेक कष्ट भोग्नुपरेको थियो भने लोकतान्त्रिक जनआन्दोलनमा प्रहरीको प्रहारबाट घाइते भई लामो समय नशासम्बन्धी समस्या भएर स्वदेश र विदेशमा उपचार गराउन पुग्नुभयो ।
थपलियाले जीवनकालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा अनेकौँ उथलपुथल देख्नुभयो । उहाँको सम्पूर्ण जीवन जनतामा निरङ्कुशताले गरेको अन्याय, अत्याचार र दमनविरुद्ध लड्दैमा बितेको छ । यसबीच उहाँले निरङ्कुशताका अनेकौँ यातना भोग्नुभयो । शरीर निरङ्कुश सत्ताका दमनले जीर्ण भयो । तर जनता र राष्ट्रप्रतिको मेरो कर्तव्यलाई उहाँले एक चिम्टी पनि तल पर्न दिनुभएन । मुलुक र जनताको हितका निम्ति आफूलाई अर्पण गर्न उहाँ कहिल्यै पछि पर्नुभएन ।
जीवनमा तिनै सङ्घर्षमयी अनुभवसमेतका आधारमा विचारलाई तिखार्दै थपलियाले पछिल्लो समयमा साहित्यमा अभ्यस्तता बढाउनुभएको छ । अस्वस्थ्य भएर पनि मोबाइलमा एक हातका औँलाले टाइप गरेका भरमा उहाँले कृति प्रकाशन गर्दै आउनुभएको छ ।
स्वास्थ्यले पूर्ण साथ नदिए पनि थपलिया शोषित पीडित जनताको सुख र समृद्धिका लागि सङ्घर्षशील भएर लाग्न तत्पर हुनुहुन्छ । समय, घटना, स्थान र वातावरणको वस्तुतथ्यमा आधार भएर जीवनमा आफूले देखे भोगेका अनुभवलाई यस पुस्तकमार्फत उहाँले पस्किनुभएको छ । “जुनबेला जे भयो, जे मेरो विवेकले जाँच्यो, त्यसैबेला मोबाइलमा बूढी औँलाले लेखेर सामाजिक सञ्जालमा पनि राख्दै गएँ । थुप्रै क्रिया र प्रतिक्रिया प्राप्त भए । मैले भेटेका र अनुभव गरेका कति मान्छेहरु व्यवहारले कति सही र गलत भन्ने भोगेर मैले त्यसको परिणामबारे पनि सारसंक्षेपमा लेखेको छु”, पुस्तकबारे उहाँको भनाइ छ, “मेरा यी भनाइ तथ्यका आधारमा छन् या छैनन् रु यो जिम्मा सबै पाठकमा छोडिदिएको छु ।”
थपलियाले भनेजस्तै वास्तवमा सबैले आफ्नो जीवनतिर फर्र्केर हेर्नैपर्छ । मान्छेका आ–आफ्नै व्यवहारिक अनुमान हुन्छन् । सबैको जीवन एकनासले बित्दैन । विभिन्न किसिमले मान्छे जीवन बिताउने गर्दछन् ।
थपलियाको जीवन सुख र सफलताको जीवन नभई त्याग र बलिदानको शृङ्खला भएको देखिन्छ । अनेकौँ आरोहअवरोह र कठिनाइ जीवनमा आए पनि उहाँले देश र जनताको सुख र समृद्धि प्राप्त गर्ने बाटोलाई त्याग्नुभएको छैन । उहाँ पद, प्रतिष्ठा र पैसामा आकर्षित नभइ जनताको न्यायपूर्ण आन्दोलनलाई साथ दिन तल्लिन हुनुहुन्छ । ‘जीवन उपयोगी’ पुस्तकमा यस्तै सन्दर्भ र अनुभवले विचारका रुप लिएका छन् ।
पैरवी प्रकाशनले प्रकाशन गरेको एक सय ६४ पृष्ठको यस पुस्तकले जीवनमा आशा र निराशा के हो रु असफलताबाट सफलता कसरी प्राप्त गर्ने रु देश र जनताका लागि शपथ खाने नेताहरुले कस्ता घात गर्न पुग्छन् रु भ्रष्ट र दलालको धन्दा के हो रु जस्ता विषयमा बुँदागत तथा सटिक विश्लेषण र प्रवृत्तिगत चित्रण गरिएको छ । भूमिकामा प्रा डा हेमनाथ पौडेलले व्यक्त गरेझैँ थपलियाका अभिव्यक्ति उपयोगी र मननीय छन् ।