Trending :
 

आजको मौसमः देशका अधिकांश भागको मौसम सफा रहने

आश्विन २१,२०८०

-आस्था न्युज

असोज २१, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।
 
कोशी, बागमती र  गण्डकी प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । 
 
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र मधेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 
राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 
त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।