Trending :
 

प्रतिनिधिसभाको बैठक बस्दै, शिक्षा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची

आश्विन २१,२०८०

-आस्था न्युज

असोज २१, २०८० काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 
 
बैठक आइतबार  दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
 
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
 
त्यसैगरी बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
 
संसद सचिवालयका अनुसार बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।