Trending :
 

इजरायलमा हमासको आक्रमणमा परि ९ जना नेपाली घाइते

आश्विन २१,२०८०

-आस्था न्युज

असोज २१, २०८० काठमाडौं ।
इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
 
शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै आक्रमणमा परी नौ नेपाली घाइते भएको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै  विवरण खुलाइएको छैन ।
 
मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।