Trending :
 

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व, सयौँ सवारीसाधन रोकिए

आश्विन २१,२०८०

-आस्था न्युज

असोज २१, २०८० काठमाडौं ।
तनहुँको म्याग्दे-६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ ।
 
जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् ।  सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइको छ ।