एमाले उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेम पराजुली चुनिए
-आस्था न्युज
असोज २१, २०८० काठमाडौं ।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत भएका छन्। आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिएका हुन्।
१९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी परेको थियो।
अध्यक्षमा सर्वसम्मत भएर दोहोरिएका पराजुली कर्मचारी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। २०३५-०३६ सालको विद्यार्थी आन्दोलनका क्रममा तत्कालीन माले निकट अनेरास्ववियूमा आबद्ध भएका थिए। त्यतिबेला उनी अनेरास्ववियूको संखुवासभा जिल्ला कमिटीका सदस्य थिए।
अध्ययनका लागि काठमाडौं आएपछि २०३९ सालमा शंकरदेव क्याम्पसमा ुक्याम्पस युग लिगुमा आबद्ध भएका थिए।
२०४० सालदेखि निजामती सेवामा प्रवेश गरेका उनले पार्टीसँग सम्पर्क छाडेका थिएनन्। छद्म नाम प्रयोग गरेर पार्टी काममा सक्रिय थिए।