Trending :
 

नागढुङ्गा सुरुङमार्ग नजिकै जमिन भासियोः स्थानीय त्रासमा (फोटो फिचरसहित)

आश्विन २१,२०८०

-आस्था न्युज

असोज २१, २०८० काठमाडौं ।
नागढुङ्गा सुरुङमार्गबाट करिब १० मिटरमाथिको जमिन भाएिको छ । 
 
सुरुङमार्गको मुख्य प्रवेशद्वारबाट करिब १० मिटरमाथि चन्द्रागिरी नगरपालिका एक बस्नेत छाप टोटी टोलमा करिब १० मिटर जमिन भासिएको हो । 
स्थानीय, प्रकाश रेग्मीले सो स्थानमा घर भएको भए दुईतला भासिने थियो भन्दै सुरुङ मार्ग आसपासका अन्य क्षेत्रमा समेत त्रास बढेको बताए । 
 
उनले भने ‘ आस पासमा जमिन भासिन थालेपछि हामी त्रास छौं । यदी सडक वा घर हुन्थ्यो भने ठुलो क्षति हुन्थ्यो । ’ 
जमिन भासिएपछि त्यसबारे छलफल गर्न अब स्थानीय अगुवाहरुको बैठक बस्ने तयारी भएको उनको भनाई छ ।