Trending :
 

नेपाली बजारमा बढ्यो सुन–चाँदीको मूल्य ,आज कारोबार कतिमा?

आश्विन २१,२०८०

-

असोज २१ ,२०८० काठमाडौं ।
आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको हो।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
 
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
 
त्यतै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको हो।
 
शुक्रबार प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।