Trending :
 

इजरायलमा रहेका नेपालीहरूको चाँडो उद्धार गर्न सरकारलाई सांसद गिरीको आग्रह

आश्विन २१,२०८०

-आस्था न्युज

असोज २१, २०८० काठमाडौं ।
नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद पदम गिरिले इजरायलमा हमास ले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूको उद्धार गर्न ढिलाई नगर्न सरकारलाई आग्रह गरेका छन् । 
 
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यो विषयमा  सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्ने बताए । 
 
‘ति नागरिकको अभिभावका यो सरकार हो भने उनीहरूको उद्धार गर्न ढिलाई गर्न हुँदैन । यसमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्छ । सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्र पुग्दैन । ’
 
उनले प्रधानमन्त्री दाहाल  र इजरायलका प्रधानमन्त्री बिच कुरा हुनुपर्ने र नागरिकहरूको जीवन रक्षाको लागि छलफल गर्नु पर्ने बताए । 
 
देशमा अवसर नपाएर विदेशिएका नेपाली दाजुभाइ दिदी बहिनीहरूले यस्ता धेरै पाडाहरू भोगेको उनको भनाई छ । यदि जो कोही नेपाली स्वदेश फर्किन चाहन्छन भने सरकारले सम्बन्धी निकायसँग कुरा गरेर नेपाल ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।