Trending :
 

चाडपर्वमा हुने सवारी दुर्घटनालाई ध्यानमा राखी सुरक्षा व्यवस्था मिलाउन आग्रह

आश्विन २१,२०८०

-आस्था न्युज

असोज २१, २०८० काठमाडौं ।
सांसद बिजुला रायमाझीले चाडपर्वमा हुने गरेको बढ्दो सडक दुर्घटनालाई मध्यनजर गरी आवश्य सुरक्षा व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकी छन् । 
 
आइतबार प्रतिनिधि साभाको शुन्य समयमा रायमाझीले दशैं,तिहार,छठ जस्तो ठूला चाडपर्वको समयमा धेरै हुने गरेको सडक दुर्घटना न्यूनिकरण गर्न सरकार चनाखो बन्नुपर्ने बताइन् । 
 
उनले भनिन्, ‘चाडवाडमा सवारी दुर्घटना प्रसस्तै हुने र यो सवारी दुर्घटना न्यून गर्न सरकार चनाखो बनोस ।’
 
साथै उनले चाडपर्वमा उपभोक्ता महंगी र कालोबजारीमा ठगीने,लामो र छोटो दूरीको यातायातमा समेत चर्को मूल्यको मारमा पर्ने गरेको भन्दै खाद्यान्नको गुणस्तर परिक्षण देखि चाडपर्व लक्षित अनुगमनलगायत समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराइन् । 
 
‘सडक जाममा यात्रुले खाने वस्तुको गुणस्तर जाँच भएको पाइँदैन । सस्तो पसलबाट पनि सर्वसाधारण उपभोक्ताहरु लाभान्वित भएको महसुश हुँदैन । पर्वमा मासु खानेहरुको लागि पशु स्वास्थ्य जाँच नहुनु र बधशालाको अनुगमन प्रभावकारी नहुनुले मानव स्वास्थयमा गम्भीर असर पर्न सक्छ, र लामो तथा छोटो दूरीको सवारी भाडा दरले जनता अत्तालिएको पाइन्छ । त्यसकारण यी विषयमा सरकार समयमै चनाखो र होसियार बन्नुपर्यो,’ रायमाझीले भनिन् ।